समाजवाद निर्माण र कम्युनिष्ट पार्टी : एक छलफल
सन् १८४८ मा महान् चिन्तक कार्लमाक्र्स र उनका निकट सहयोगी फेंडरिक ऐँगेल्सले वैज्ञानिक अनुसन्धान र विश्लेषणका आधारमा मानव सभ्यताको ऐतिहासिक विकासक्रम र यसको द्धन्द्धात्मक प्रक्रियाको अध्ययन गर्दै साम्यवादी समाजको सैद्धान्तिक आधार तयार गरे । जसलाई कम्युनिस्ट पार्टीको घोषणापत्र भनियो । कम्युनिस्ट घोषणापत्र नै समाजवादी राज्य र वैज्ञानिक समाजवादको रुपरेखा कोर्ने प्रारम्भिक दस्तावेज थियो । पुँजीवादी विकासको मोडेलमा रहेका ज्ञानका अत्यावश्यक आधार विशेषगरि बेलायती राजनैतिक अर्थशास्त्रलाई आधार मानेर यसका सिमीतता र कम्जोरीलाई केलाउँदै, जर्मन शास्त्रिय दर्शन र फ्रान्सेली समाजवादको अध्ययन गर्दै तथा युरोपको प्रकृति विज्ञानको आगमनलाई विचार गर्दै माक्र्सले त्यो भन्दा अगाडि बढेर मानव समाजको ऐतिहासिक विकासक्रमको उत्कर्ष समाजवाद र साम्यवादको सिद्धान्त आविस्कार गरे । समाजवाद र साम्यवादको लागि आवश्यक युक्ति, रणनिति, संगठनात्मक तयारी र सर्वहारा वर्गीय नेतृत्वको प्रारम्भिक रुपरेखा पनि प्रस्तुत गरे ।
माक्र्स ऐंगेल्सले कम्युनिस्ट लिग र प्रथम अन्र्तराष्ट्रिय जस्ता संगठनमार्फत विभिन्न क्रान्तिकारी गतिविधिमा पनि भाग लिए । सन् १८४९ को असफल क्रान्तिको २३ बर्षपछि पेरिसका मजदुरहरुले विद्रोहमार्फत संसारकै पहिलो मजदुर सरकार पेरिस कम्युनको स्थापना गरे जो ७२ दिन टिकेको थियो । माक्र्सले पेरिस कम्युनका क्रान्तिकारी शिक्षाहरुलाई फ्रान्सको गृहयुद्ध नामक पुस्तकमा सान्दार ढंगले ब्याख्या गरेका छन र यसको ४६ बर्ष पछि रसियाका मजदुरहरुले संसारलाई झक्झकाउने अक्टुबर (नोभेम्बर) क्रान्ति सफल बनाए ।
पुँजी सञ्चयको बाटो हुँदै पुँजीवाद एकाधिकारको चरणमा पुग्ने कुरा कार्लमाक्र्सले आफ्नो पुस्तक दास क्यापिटलमा विस्तृत रुपमा उल्लेख गरेका छन । तर माक्र्सले साम्राज्यवादी चरणमा प्रवेश गरिसकेको पुँजीवाद देख्न पाएनन । लेनिनले आफ्नो किताव “साम्राज्यवादः पुँजीवादको उच्चतम चरण”मा साम्राज्यवादको चरणसम्म आईपुग्दा पुँजीमाथि एकाधिकारको अनिवार्यताले गर्दा संसार विभिन्न साम्राज्यवादी गुटमा विभक्त हुनेछ र जसले युद्धको आवश्यकता अपरिहार्य बन्नेछ भन्ने कुरा विस्तृत तर्कसहित विवेचना गरेका छन । लेनिनको विश्लेषण थियो कि, ”जहाँ पुँजीवादको संकटले युद्धलाई अपरिहार्य बनाईरहेको हुन्छ, त्यहाँ युद्धले झन ठुलो संकटलाई स्वागत गरिरहेको हुन्छ ।“ जहाँ साम्राज्यवादको कडि कम्जोर बन्छ त्यहाँ क्रान्तिमार्फत समाजवाद निमार्ण सम्भव हुने तर्कलाई उनकै नेतृत्वको अक्टुबर समाजवादी क्रान्तिले पुष्टी गरेर छाड्यो।
क्रान्तिको मोडेल विकासमा योगदान गर्दै क्रान्ति भनेको कुनै धर्मशास्त्र होइन र यो बनिबनाउ सिद्धान्त जपेर पुरा हुदैन बरु यो त ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा तयार गरिन्छ । क्रान्ति कुन चरणमा छ भन्ने कुराको निर्धारण सत्तामा कुन वर्ग छ र त्यसलाई कुन वर्गले विस्थापीत गर्ने भन्ने कुराले निधो गर्दछ भन्ने कुरा लेनिनले स्पष्ट गरेका छन । सोभियत सरकारका विरुद्ध बेलायत, फ्रान्स, जमर्नी, अमेरिकासहित दुनियाँका प्रतिक्रियावादीहरु लागि परे । सत्ताच्युत वर्गलाई पुनः सत्तासिन गराउन गरिएको आक्रमण, घेराबन्दी, आन्तरिक तोडफोड, श्वेत विद्रोही सेना निमार्ण देखि श्वेत सरकार गठनसम्मका सैन्य र राजनैतिक परिस्थितिको प्रतिवाद गर्दै लेनिनले “नयाँ आर्थिक नीति” र “युद्ध साम्यवाद” को सफलतापुर्वक लागु गरे । कमरेड लेनिनले गरेको माक्र्सवादको रचनात्मक प्रयोग लेनिनको निधनपश्चात स्टालीनको नेतृत्वमा अघि बढाईयो । पार्टी, सोभियत सरकार र अन्र्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनका अन्र्तविरोधलाई बुझ्ने र सञ्चालन गर्ने सवालमा कमरेड स्तालिनका देखिएको केही अधिभुतवादी सोंचले कम्युनिस्ट आन्दोलनमा कही न कही नकारात्मक असर परेतापनि कम्युनिष्ट आन्दोलनमा उनको भुमीका विश्वका एक तिहाई भुगोलमा एकछत्र समाजवाद स्थापना गर्ने, सोभियतसत्तालाई विकास गर्ने तथा विचारको क्षेत्रमा माक्र्सवादलाई समृद्ध गरि लेनिनवादमा विकसीत र प्रसारित गर्न महत्वपुर्ण रह्यो ।
सोभियत समाजवादलाई परास्त गर्न विश्वभरका साम्राज्यवादीहरु अमेरिकी साम्राज्यवादको नेतृत्वमा सैन्य गठबन्धन निमार्ण गरेर अगाडि बढे । शितयुद्धको पुर्वसन्ध्यामा भर्खर मुक्त भएका देशहरुमा साम्राज्यवादी सैनिक शासन वा अधिनायकवादी सरकार गठन गरे । कु गरेर होस या राजर्नैतिक नेतृत्वको हत्या गरेर होस आफुले चाहेका कयौ देशहरुमा आफु अनुकुलको राजनैतिक सत्ता स्थापना गरे । सोभीयत युगको अन्तपछि यो कुरा प्रस्ट भएको छ कि उनीहरुले जम्मा गरेको विशाल सैन्य साम्रागी उनीहरुको कथित सुरक्षाका लागि नभै साम्राज्यवादको युद्धकेन्द्रीत अर्थतन्त्र निमार्णका लागि थियो ।
सोभीयत संघको विघठन पछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणबाट गुज्रीरहेको छ । महान वहसका समयमा रुसीधार र चीनीयाँ धारको रुपमा विभाजित विश्व कम्युनिस्ट आन्दोलन एकत्रित हुन नपाई धरासायी भएको छ । शान्तिपुर्ण प्रतिस्पर्धाको मार्ग अवलम्बन गरेको कम्युनिस्ट धारा विश्वव्यापी रुपमा संसदवादको माध्यमबाट पुँजीवादी सत्ताकै वरिपरि चक्कर काटीरहेको छ भने माओत्सेतुङको नेतृत्वमा चीनियाँ नयाँ जनवादी क्रान्तिको सफलता पछिका नयाँ जनवादी क्रान्तिको मोडेलहुदै सशस्त्र संघर्षको बाटोबाट अघि बढेका कम्युनिस्ट क्रान्ति कि त सम्झौता गएर टुँगीएका छन कि त पुर्णतः समाप्त भएका छन ।
यो परिवेशमा नेपालमा मालेमावादलाई पथप्रर्दशक सिद्धान्त मान्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नेकपा(माओवादी)को नेतृत्वमा सञ्चालीत १० बर्षे जनयुद्धले २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धी क्रान्तिको नयाँ रणनैतिक प्रस्ताव तयार गर्दै मौलिक मोडेलको विकास गर्ने प्रयत्न ग¥यो । कमरेड प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले जनयुद्ध र जनविद्रोह वा जनआन्दोलनको समायोजन(फ्युजन)को मोडेलको रुपमा सैद्धान्तिकरण गरिएको उक्त विचारको कार्यान्वयन जनयुद्ध र जनआन्दोलनको सुन्दर समायोजनको रुपमा अघि बढ्यो भने रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलनलाई जीवन र गति दिन कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिकरणको जर्बजस्त वहस प्रवेश गराएर जनताको बहुदलीय जनवादको जनप्रिय कार्यक्रममार्फत कमरेड मदन भण्डारी र तत्कालीन नेकपा(एमाले) अगाडी आयो । जुन विचारलाई पछि साविकको नेकपा(एमाले)ले जनवादी क्रान्तिको मौलिक सिद्धान्तको रुपमा अगाडी सारेको थियो ।
एकात्मक सामन्ती निरंकुश राजतन्त्रलाई संघीय लोकतान्त्रीक गणतन्त्रले विस्थापीत गरि संविधानसभाबाट संविधान निमार्ण तथा यसको कार्यान्वयनको चरणसम्म आईपुग्दा सिँगो देश करिब दूइतिहाई वामपन्थी शक्तिको हातमा आईपुगेको छ । रुसी र चीनियाँ धारमा विभक्त नेपालका वामपन्थी कम्युनिस्टहरु पार्टी एकतामार्फत एकिकृत भएका छन । यसले आज विश्वव्यापी रुपमा रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलन र समाजवादको वहस फेरी एकपटक सतहमा आएकोछ । विश्वभरका कम्युनिस्ट तथा समाजवादी शक्तिहरु नेपालतर्फ फर्केर हेर्न थालेका छन । अबको प्रश्न यो हो कि हामीले समाजवाद कसरी, कस्तो र कस्का लागि निमार्ण गर्छौ । हामी सबै विना आग्रह समाजवाद निर्माणको यो वहसमा सामेल हौं । कम्युनिष्ट आन्दोलन रुपमा राष्ट्रिय भएता पनि यसको सार अन्र्तराष्ट्रिय रहँदै आएकोछ । मान्छेले मान्छेमाथि गरिएका सबै खाले शोषणहरुको अन्त्य गर्नु यसको मुख्य कार्यभार हो । नेपालको वर्तमान सन्दर्भमा दलाल तथा नोकरशाही पुँजीपति वर्गका विरुद्धको संघर्षमा सर्वहारा श्रमजिवी तथा देशभक्त शक्तिहरुको एकता आजको अनिवार्य आवश्यकता बन्न पुगेको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुशल नेतृत्व र आफ्ना लोकप्रिय काममार्फत सरकारको तर्फबाट गरिने सकारात्मक योगदानको बलमा सिंगो देश र जनताका माझमा विश्वासको वातावरण तयार हुन सक्छ । आज पर्यावरणीय कोणबाट भावि पुस्ता बस्न र बाँच्न सक्ने पृथ्वीको हस्तान्तरण पनि कम्युनिष्ट तथा समाजवादीहरुको आधारभुत मुद्धा बन्नपर्दछ । मानवसमाज र प्रकृतिका यीनै आधारभुत अन्र्तविरोधको बस्तुनिष्ट हल दिने कम्युनिस्ट पार्टीको निमार्ण अबका समाजवादीहरुको दायीत्व हुनेछ । उक्त पार्टी विश्वका सर्वहारा श्रमजीवि जनताको नेपाली इकाई हुनेछ । जसले साम्राज्यवाद विरुद्धको विश्वमञ्चमा आफुलाई उभ्याउने छ । वहसको यो श्रृङ्खलामा हामीसबै सहभागी बनौं । धन्यवाद !
तिनकुने, २०७६।०७।२९