ऐतिहासिक विरासत बोकेको नेपाली विद्यार्थी आन्दोलन

सात दशक लामो नेपाली विद्यार्थी आन्दोलन ठुला ठुला आरोह–अवरोह, घुम्ति–मोड पार गर्दै नेपाली समाजको राजनैतिक, शैक्षिक, समाजिक तथा सांस्कृतिक परिवर्तनको उर्जाशील बहाव बनेर यहाँसम्म आईपुगेको छ। राणाशाषणका विरूद्धको संघर्षमा जन्मिएको संगठित विद्यार्थी आन्दोलनको जननी वि.सं. २००४ को जयतु संस्कृतम् थियो। जयतु संस्कृतम्को नारा रूपमा शैक्षिक भएतापनि सारमा राणाहरूको निरंकुश जहाँनिया सामन्ती राजनैतिक, आर्थीक, समाजिक तथा साँस्कृतिक सत्ताका विरूद्धको संघर्ष थियो।

जनताका सिमित प्रजातान्त्रिक अधिकारलाई कुल्चेर शुरू भएको निरंकुश पञ्चायती व्यवस्थाका विरूद्ध संघर्ष गर्ने, ०२१ ̷ ०२२ को वरिपरि नै पञ्चायती प्रतिबन्धको प्रतिरोध गर्दै स्ववियु र संगठनको अधिकार आफ्नो हातमा लिने मात्र नभै निर्विकल्प भनिएको पञ्चायती व्यवस्थालाई ०३५ ̷ ०३६ को आन्दोलनमार्फत जनमत संंग्रहमा पु¥याउने र ०४६ मा पञ्चायती निरंकुशतालाई नै उखेलेर फाल्ने ऐतिहासिक जनआन्दोलनमा विद्यार्थी आन्दोलनले निर्णायक भुमीका खेल्यो। यसबिचमा ०२२ मा अनेरास्ववियूको स्थापना मात्र भएन कि यो प्रतिबन्धित राजनैतिक शक्तिको आवाज बन्न सफल भयो। भारतीय विस्तारवादको नेपाल र नेपाली जनताका विरूद्धका हरेक हस्तक्षेप र गतिविधिमा नेपाली विद्यार्थी आन्दोलन बिनाबर्दीको राष्ट्रिय पहरेदार बन्यो। विद्यार्थी आन्दोलन नेपाली जनताका जनजीविकाका सवालमा सदैव अग्रपंक्तिमा उभियो र शैक्षिक अधिकार जन्मसिद्ध नागरिक अधिकार हो भन्ने तथ्यलाई राष्ट्रिय जीवनमा स्थापित गरि छाड्यो।

०४६ को राजनीतिक परिवर्तनबाट नेपाली जनताले धेरै ठुलो आशा र अपेक्षा गरेका थिए। प्रजातान्त्रिक प्रणालीमार्फत निर्वाचित आफ्ना प्रतिनिधिले संञ्चालन गरेको राजनैतिक व्यवस्था देश र जनताप्रति उत्तरदायी हुनेमा जनविश्वास थियो तर जनतालाई के कुरा थाहा थिएन भने संवैधानिक भनिएको राजतन्त्र सामन्ती उत्पादन सम्बन्धको टाउको हो। जसले वैदेशिक प्रतिक्रियावादीसँग लम्परसार परेर आफ्नो सत्ता टिकाईरहेको छ र त्यसले समाजको अग्रगामी परिवर्तनलाई रोक्न अन्तिम अस्त्रको प्रयोग गर्छ। अर्धसामन्ती र अर्धऔपनिवेशीक अवस्थामा रहेको मुलुकमा राजतन्त्रलाई शिरमा राखेर बैदेशिक प्रतिक्रियावादको गुलाम बनेका कुनै पनि देशका शासकवर्ग न स्वतन्त्र हुन्छन न तीनले जनतालाई नै स्वतन्त्र हुन दिन्छन।

सामन्त, दलाल पुँजिवाद र नोकरशाही पुँजिवादको चंगुलबाट देश र जनतालाई मुक्त गर्न नेकपा(माओवादी)ले ०५२ फागुन १ देखि जनयुद्धको थालनी ग¥यो। जनयुद्धले देशका सम्पुर्ण शोषित, उत्पीडित जनतालाई मुक्तिको आन्दोलनमा सामेल गरायो भने पुरानो सत्ताको मुल नाईके राजतन्त्र जनताका सिमित प्रजातान्त्रिक अधिकारलाई अपहरण गरेर निरंकुश शाषकको रूपमा अगाडि आयो। नेपाली जनताका आफ्नै निर्वाचित प्रतिनिधिद्धारा संविधानसभाबाट संविधान निमार्ण गर्ने विषयले राष्ट्रिय मुद्धाको आकार ग्रहण ग¥यो। नेपाली समाजको प्रगतिशिल रुपान्तरणको पक्षमा नेपालका प्रमुख राजनैतिक शक्तिहरू १२ बुँदे समझदारीमार्फत एक ठाँउमा उभिन तयार भए र २१ औं शताब्दीको पहिलो ऐतिहासिक जनआन्दोलन ०६२ ̷ ०६३ सफल भयो र नेपालमा राजतन्त्र इतिहासको विषय बन्न पुुग्यो। यो ऐतिहासिक जनआन्दोलन र यसको आधारस्तम्भ बनेको नेपाली जनताको १० बर्षे महान जनयुद्धमा नेपाली जनता र तीनका सचेत छोराछोरीहरूको अद्धितिय त्याग र वलिदान इतिहासमा रातो अक्षरले लेखिएको छ।

जनयुद्धका क्रममा नेपाली विद्यार्थीहरूको क्रान्तिकारी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले आफ्नो संगठनका उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल लगायत सयौं योद्धाहरूलाई गुमायो। उहाँहरू सहिद र वेपत्ताको लाममा लामबद्ध बन्नु भयो। फलस्वरुप आज नेपालमा राजनैतिक व्यवस्था मात्र फेरिएको छैन। संविधानसभाबाट निर्मित संविधानले शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभुता जस्ता विषयहरू संविधानमा मौलिक हकको रूपमा संस्थागत गरिएका छ। त्यसको कार्यान्वयनको लागि संघीय प्रतिनिधिसभाले कानुन निमार्ण गरेको छ। भावि नेपाल अर्थात समृद्ध र समाजवादी नेपालको शिक्षा नीति र व्यवस्थापकिय आवश्यकता सम्बोधन गर्न सरकारले उच्चस्तरिय शिक्षा आयोग गठन गरि नेपाल सरकारलाई आयोगले प्रतिवेदन पनि बुझाईसकेको छ। उक्त प्रतिवेदनले विद्यार्थी आन्दोलनले उठाएका थुप्रै शैक्षिक मुद्धाहरूलाई संस्थागत गरेको छ। यो नेपाली विद्यार्थी आन्दोलनको लागि गौरव गर्न लायक विषय हो। त्यसो त विद्यार्थी आन्दोलन आफै गौरबशाली छ। यसको गौरवशाली इतिहासको पछाडि त्यही अद्धितिय वलिदान छ, जसले नेपाली विद्यार्थी आन्दोलनलाई अझ बलशाली बनाएको छ।

कुनै पनि राजनैतिक व्यवस्था तत्कालीन समाजको आर्थिक आधारमा टिकेको हुन्छ र उक्त राजनैतिक व्यवस्थाका सञ्चालकहरूले बनाउने राज्यका विभिन्न नीतिहरू आफ्नो सत्ता टिकाउने उद्देश्यबाट निर्देशित हुन्छन। राणाहरूले शिक्षालाई आफ्नै जहान र परिवारमा सिमित गर्न खोजे, आन्दोलनको बलले राणाशाषणलाई नै घाटमा पु¥याईदियो। पञ्चायती शाषकहरू मुलतः राजा महेन्द्रले पञ्चायतको गुणगानमा केन्द्रीत राष्ट्रवादी शिक्षानीति लागु गरे । महेन्द्रीय राष्ट्रवादको डंका पिटियो। महेन्द्रमाला छपाईयो। उनको राष्ट्रवादको केन्द्रमा राजसंस्था थियो । राजा राष्ट्रिय एकताको प्रतिक भनियो र जनताका छोराछोरीलाई राजाको स्तुतीगान गाउन लगाईयो। शिक्षाप्रणाली कोरा गुलाम उत्पादन गर्ने बनाईयो। जनताको आन्दोलनले तथाकथित राष्ट्रवाद र स्वघोषित एकताको प्रतिकलाई पनि पाखा लगायो तर यदाकदा अझैं पनि उक्त सामन्ती राष्ट्रवादको धङ्धङ्ी प्रकट हुने गरेको छ। ०४६ पछि नेपालमा बैदेशिक शक्तिको निर्देशनमा सामन्तवाद र दलाल तथा नोकरशाही पुँजिपतिवर्गको बिचमा सम्झौता भयो। यो सम्झौता नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रताको खिलापमा थियो। त्यसका विरूद्ध नेपाली जनताको वास्तविक प्रजातन्त्र अर्थात जनवाद प्राप्तीको आन्दोलन अघि बढ्यो जस्को स्वरुप रक्तपातपुर्ण हुनु स्वाभाविक थियो किनकी पुरानो सत्ताले बन्दुकको नालमा स्वतन्त्रताका आवाजलाई निमिट्यान्न पार्ने धृष्टता ग¥यो।

विद्यार्थी आन्दोलन लोकतन्त्रको प्रारम्भिक पाठशाला हो। निरंकुशता विरूद्धको संघर्षबाट जन्मेको विद्यार्थी आन्दोलनले आफ्नो लोकतान्त्रिक प्रतिष्पर्धाको थलो र विद्यार्थीको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको स्थापना ग¥यो। स्ववियु राजनैतिक तथा शैक्षिक रुपान्तरणका लागि मात्र नभै विश्वविद्यालय र कलेजहरूमा विद्यार्थी हक हित र अधिकार रक्षाको लागि संघर्षको मोर्चा बन्न पुग्यो। स्ववियु विभिन्न विचारधारा र वादको बिचमा संवाद र प्रतिष्पर्धा गर्ने मञ्च बन्यो। स्ववियु लोकतान्त्रिक पद्धति सिक्ने र अनुशरण गर्ने उपयुक्त भुमी बन्यो। स्ववियु राजनैतिक नेतृत्व तयार गर्ने आधारशिला बन्यो। तर स्ववियु निर्वाचनमा प्रतिविम्बित भएको परम्परागत संसदीय चरित्र र त्यसको भद्दा प्रयोगले प्रकारान्तरमा स्ववियु विवादरहित संस्था बन्न सकेन। तसर्थ स्ववियुको गौरवशाली इतिहासको विरासतलाई बचाउन र राजनैतिक तथा शैक्षिक परिवर्तनको अग्रगामी शक्तिको रूपमा यसलाई निरन्तरता दिने अभिप्रायले यसको प्रतिष्पर्धात्मक प्रणालीमा केही नयाँपन दिने प्रयास गरिएको छ। निर्वाचन प्रणालीमा भएको फेरबदलले स्ववियु सबै विचार र आस्था भएका विद्यार्थीहरुको साझा मञ्च बन्ने आधार खडा भएको छ। यो उपलब्धिको लागि पनि विद्यार्थी आन्दोलनको अग्रगामी धारालाई नै यसको श्रेय जान्छ। आजका दिनमा स्ववियु निर्वाचनको निरन्तरता भनेको लोकतान्त्रिक मुल्यलाई आत्मसाथ गर्ने र वैचारिक प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता कायम गर्न उद्दत हुने शक्तिका लागि अभिछिन्न उत्तरधिकार तयार गर्ने उर्पयुक्त अवसर हो। यसमा कुन संगठनले जित्छ वा हार्छको आधारमा यसको गरिमालाई नै जित र हारको विषय बनाईनु सर्वथा गलत हुन्छ। विद्यार्थी संघ, संगठनको यतातर्फ ध्यानाकर्षण हुनै पर्दछ।

हरेक आन्दोलनमा  मुद्धा र प्रकृति तत्कालीन शासकवर्गको व्यवहारले निर्धारण गर्दछ। जब सत्ता न्यायपुर्ण आन्दोलनका विरूद्ध हिंसात्मक रूपमा प्रस्तुत हुन्छ त्यसको प्रतिवादमा प्रतिहिंसा र बलप्रयोग गर्न जनता पनि बाध्य हुन्छन। विगत जनयुद्ध, जनआन्दोलन र विद्यार्थी आन्दोलनमा समेत यी स्वरुपहरूको प्रयोग भएको छ । सामन्तवादको स्तुतीगान गर्न तयार गरिएको राष्ट्रियगान र पाठ्यसमाग्री अखिल (क्रान्तिकारी) ले वहिष्कार गर्ने र जलाउने अभियान शुरू ग¥यो त्यो सफल पनि भयो। शिक्षालाई अधिकारको रूपमा स्थापीत गरियोस भन्ने माग गर्ने, गाउँगाउँसम्म विस्तारित भएका निजि विद्यालयलाई द्धन्द्धकालमै बलर्पुवक रोक्ने कामको अलावा त्यसको निरन्तरताको रूपमा शान्तिप्रक्रिया पश््चात अखिल(क्रान्तिकारी)कै नेतृत्वमा उठेको संयुक्त विद्यार्थी आन्दोलनले सार्वजनिक विद्यालयको सुदृढिकरण र निजी विद्यालयलाई नियमन गर्ने कानुनी आधार तयार ग¥यो। संस्थागत विद्यालय नियमन निर्देशिका – ०६९ जारी गर्ने काम यसकै उपज थियो।

राजनैतिक तथा शैक्षिक आन्दोलनको अलावा विद्यार्थी आन्दोलन देशभक्तपुर्ण आन्दोलनको उर्जाशिल धारा बनिरह्यो। २००७ सालमा भएको दिल्ली सम्झौता धोका हो भन्दै सडकमा निस्किएको विद्यार्थी आन्दोलनले चिनियाँकाजीलाई गुमायो। सुगौली सन्धि, १९५० लगायतका सबै असमान र अपमानपुर्ण सन्धि सम्झौताका विरूद्धको संघर्ष देखि कोशी, गण्डकी, सुस्ता, महेशपुर, कालापानी, लक्ष्मणपुर, रसियावाल खुर्दलोटन, मेची, पशुपतिनगर देखि महाकाली, लिपुलेखसम्म राष्ट्रियताको आगो ओकल्दै पुग्यो विद्यार्थी आन्दोलन।

देशमा संकट उत्पन्न हुँदा विद्यार्थी शक्ति सधैं स्वयंसेवी पाखुरा लिएर संकटको साथी बन्यो। भुकम्पले थिलोथिलो भएको मुलुकले संविधान घोषणा गरेर घाउमा मल्हम लगाउन नपाउदै भएको नाकाबन्दी र भारतीय हस्तक्षेपका विरूद्ध अग्रपंक्तिमा खडा भयो विद्यार्थी समुदाय। जनजीविका र विद्यार्थी समुुदायका मुद्धामा विद्यार्थी आन्दोलनले थुप्रै उपलब्धि हाँसिल गरेको छ। सार्वजनिक स्थलमा विशेष गरि यातायात क्षेत्रमा विद्यार्थी सहुलियत, सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्ने, पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली कायम गर्ने, एलपी ग्यासको उपभोक्ता मुल्य र औद्योगिक मुल्य प्रणाली लागु गर्ने, दैनिक उपभोग्य बस्तु र सेवालाई गुणस्तरिय र पारर्दशी बनाउने तथा बजार अनुगमन प्रणालीलाई नियमित र व्यवस्थीत गर्ने लगायतका थुप्रै उपलब्धिहरु सचेत विद्यार्थी आवाजको प्रतिफलको रूपमा प्राप्त भएका छन। आफ्नै नेतृत्वमा संस्थागत भएका यी मुद्धाहरूको कार्यान्वयनमा ध्यान पुगोस भन्ने आजका दिनमा पनि लागि नै रहन्छ।

हिजो युद्ध, क्रान्ति र आन्दोलनको माध्यमबाट उठाएका मुद्धाहरू आज शान्तिपुर्ण आन्दोलनको माध्यमबाट सम्बोधन गर्ने स्थानमा हामी आईपुगेका छौं। देशमा कम्युनिष्ट पार्टीको दुईतिहाई जनमत छ र त्यसको आधारमा खडा भएको सरकार छ। विद्यार्थी आन्दोलनले अधिकारको रूपमा स्थापित शिक्षालाई अब जनताको जीवनसँग जोड्नुपर्ने भएको छ। व्यवहारिक, वैज्ञानिक, जीवनोपयोगी र देशभक्त नागरिक उत्पादन गर्ने समाजवाद उन्मुख शिक्षा प्रणाली आजको आवश्यकता हो। वर्तमान शिक्षामा रहेका समस्याहरुको हल गर्ने, सार्वजनिक शिक्षा प्रणालीलाई सुदृढ गर्दै तल्लो तहदेखि शिक्षामा भएको व्यापारिकरण, नीजिकरण र माफियाकरणलाई राज्यको दायराभित्र ल्याउने प्रक्रियाले नै शिक्षामा राज्यको दायीत्व स्थापीत गर्दै जानेछ। कम्युनिष्ट पार्टीको सरकारले यो अभियानको नेतृत्व गर्ने र विद्यार्थी आन्दोलनले हात र काँध दिएर रचनात्मक सहयोग गर्ने वातावरण बनाउन सके अवको विद्यार्थी आन्दोलनले सार्थकता प्राप्त गर्नेछ। राज्यले यो अवस्थाको सिर्जना गर्न सके विद्यार्थी आन्दोलनको स्वरुप पनि रचना र सिर्जनाको हुनेछ। आगामी दिनमा राज्यले लिने नीति नै विद्यार्थी आन्दोलनको स्वरुप निर्धारणमा निर्णायक विषय बन्नेछ।

२०७५ माघ १७, काठमाडौं

Comment