रक्तबिजको माझमा

हाम्रो यात्राको योजना बैसाख मसान्तमै बनिसकेको थियो। कहाँ जाने टुङ्गो भने लागिसकेको थिएन। यात्राको योजना कार्यालयका प्रायः पदाधिकारी बसेर बनायौं। अन्तिम निधो गर्न अध्यक्षको सहभागीता जरूरी भयो। जेठ १ गते विद्यार्थी एकता दिवस त्रिचन्द्र कलेजमा आयोजना गरिएको थियो। कार्यक्रम सकेर हिडने योजनामा हामी थियौं।  जेठ एक गतेको विहान त्रिचन्द्र कलेजको प्राङगनमा सहिद गंगालालको नाममा क्रान्तिको विजयी बन्ने छ भन्ने संकल्प गरियो। तत्पश्चात् जिरीको यात्रा सुभारम्भ भयो। छलफलमा विभिन्न गन्तव्यको नाम नआएको होइन, पोखरा वा दामन हुँदै अन्यत्र कतै तर अध्यक्षले जिरीको नाम लिएपछि हामी सबै सहमत भयौं । भ्रमणमा त निस्कने तर कसरी भन्ने समस्या आईपर्यो। त्यो प्रश्नको उत्तर खोज्ने जिम्मा टोलीले महासचिव हिमाल शर्मालाई सुम्पियो। उनको पहलमा एउटा सवारी साधन उपलब्ध भयो र हामी यात्रामा निस्कियौं। त्यसपछिका बाँकी योजनाहरू गाडीमै बने।

हामीले बिद्यार्थी एकता दिवसको दिन पारेर यात्रा शुरु गरेका थियौं। तत्कालिन र दिर्घकालीन राजनैतिक, शैक्षिक तथा संगठनात्मक योजना कस्तो बनाउने र जिम्मेवारी कसरी पुरा गर्ने? केही बर्ष देखि थाती रहेको संगठनको राष्ट्रिय सम्मेलन कहिले र कसरी सम्पन्न गर्ने? एकाबिहान त्रिचन्द्रको अन्र्तक्रिया कार्यक्रममा ब्यक्त प्रतिबद्धता कार्यन्वयन गर्न के गर्ने भन्ने विषय नेतृत्वको मुख्य टिम भएकोले यो यात्रामा छलफल गरिनु पर्दथ्यो। साथै नेतृत्वको टिमवर्कको लागि सकारात्मक योगदान पु¥याउने अरू विषय र वातावरण निर्माण होस भन्ने चाहना पनि टिममा देखिन्थ्यो । त्यसको लागि जिरी प्राविधिक शिक्षालयको अध्ययन भ्रमण गर्ने, आन्तरिक छलफल सहित एक रात जिरीमा बिताउने, सहिदका सन्ततीहरू पढ्ने सहिद स्मृति आवासीय विद्यालयमा बालबालिकासङग् भेट गर्ने, फर्कदा बाटोमा पर्ने क्रान्तिकारीको किल्ला नाम्दु क्याम्पससङ्ग परीचित हुने र दोलखाली विद्यार्थी आन्दोलनका सामयीक समस्याहरू हल गर्नका लागि मद्दत गर्ने हाम्रो योजना बन्यो।

पुर्व योजना अनुसार हामी जेठ १ गते साँझ नै जिरी प्राविधिक शिक्षालयको अध्ययन भ्रमण गर्यौं। स्वीस सरकारको सहयोगमा निर्मित यो शिक्षालय नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा प्रदान गर्ने पुरानो शिक्षालय हो। उपर्युक्त जलवायुको छनौट गरि निर्माण भएको यो शिक्षालय शैक्षिक कोणबाट मात्र नभै पर्यटकीय कोणबाट पनि सुन्दर स्थानमा अवस्थित छ। हामीले शिक्षालयका जिम्मेवार व्यक्तिहरूको साथमा रहेर शिक्षालयको संरचना, ल्याव, फर्म र पुर्वाधारको अध्ययन गर्यौं। पुरानो पुर्वाधारलाई पुर्ननिर्माण तथा मर्मत सम्भार गर्नु पर्ने आवश्यकता भएको कुरा बुझियो।

हामी जेठ २ गते बिहान सहिद स्मृति आवासीय विद्यालयमा पुग्यौं। जिरीको माथिल्लो डाँडा, मुल सडकलाई छोडेर करिब १५ मिनेट उक्लिएपछि विद्यालय निर्माणको लागि मैदान तयार हुदैरहेछ। भन्ञ्याङ काटेर अलीकति ओरालो लाग्दा शान्त तथा एकान्त जङ्गलको बिचमा विद्यालयको आवाशीय भवन अवस्थीत रहेछ। हामीसङ्ग पार्टीका त्यस इलाकाका सचिव कुलबिन्द थिए। कुलबिन्द जी साँझ देखि नै हाम्रो आतिथ्य सत्कारका लागिरहनु भएको थियो। जब हामी विद्यालयको आँगनमा पाइला टेक्यौं, कुलविन्द जीलाई लाल सलाम अङ्कल भन्दै खैरो पोशाकमा रहेका सहिदका रक्तबिजहरु झुम्मीन आईपुगे।

उनले हामीहरुको परिचय गराउदै गए। बा आमाको प्रतिक्षामा बसेका केटाकेटी झैं नानीबाबुहरू लाल सलाम गर्दै हामीसङ्ग नजिकिए। वातावरण एकैक्षणमा भावमय भयो। जनयुद्धका क्रममा देश र जनताको मुक्तिको सपथ खाएर लामबद्ध भएका सयौं साथीहरु जो आज हामीसङ्ग छैनन। छन त केवल उनका प्रतिवद्धताहरू र तीनले छोडी गएका यी सन्ततीहरू। यीनका अनुहार गहिरिएर हेर्दा ती महान् सहयोद्धाहरुका आकृति देखिन्छन। ती सन्ततीसङ्ग भेटमा मस्तिष्क होइन मुटु हावी भयो। यी कलीला मुनाहरूका कोमल र प्रतिबद्ध मुठ्ठीहरु सुम्सुम्याउदै मिलनका हात बढायौं। उनीहरूसङ्गै मेसमा गएर खाना खायौं। एउटा वृहत्तर भावनात्मक परिवारको अनुभुति भयो।

स्वागत कार्यक्रम भावनात्मक संगमको उत्कर्ष

हामी खाना खादैं थियौं। नानीबाबुहरू एउटा औपचारिक कार्यक्रमको तयारीमा जुटेछन। खाना लगतै कार्यक्रममा सरीक भयौं। विद्यार्थीको तर्फबाट कक्षा ६ का भाई रोषन रिमालले स्वागत मन्तव्य व्यक्त गरे। हाम्रा अभिभावक, हाम्रा भरोसा पार्टी नेता तथा विद्यार्थी संगठनका कमरेडहरू विद्यालय पुगिदिएकोमा उनले खुसी मात्र प्रकट गरेनन। सहिदको सपनामाथि घात नगरियोस भन्ने खबरदारी पनि गरे। उनको प्रस्तुतिले हामीलाई त्यतीकै प्रशिक्षित गरेकै थियो त्यसमा पनि “आफ्नो जीवन आहुति देउ, देशको माया लाग्छ भने” भन्ने कविताले उनीहरूको चेतना र बुझाईलाई अभिव्यक्त गदथ्र्यो।  कार्यक्रममा हामीलाई २०६६ बैसाख १६ गते सञ्चालनमा आएको उक्त विद्यालयले विगत एक बर्षमा प्राप्त गरेका शैक्षिक प्रगति र समस्याको बारेमा जानकारी लिने अवसर मिल्यो।

विगत जनयुद्धमा अविभावक गुमाएका गरिव तथा विपन्न वर्गका ८५ जना बालबालीका यस विद्यालयमा आवासीय रुपमा अध्ययन गर्दछन। पुरानो संरचना अनुसारको मध्यमाञ्चलका हिमाल, पहाड र तराई–मधेसका बालबालिका मध्ये विद्यालयमा जनजाती र दलित समुदायका बालबालीकाको उल्लेख्य संख्या रहेछ। विद्यालयका बालबालीकाको उपस्थीति समावेशी प्रकृतिको रहेछ। माओवादी नेतृत्वमा सरकार रहेको बेला स्थापीत उक्त विद्यालय माओवादीकै कारण स्थापीत भएको भन्ने कुरा भाईबहिनीहरुले रामै्रसंग बुझेका रहेछन \।

“हिजो हामीसङ्ग पढिरहेको एकजना साथीलाई उनकी आमा सभासद भएपछि शहरतिरै लिएर जाने काम भयो। यसले हामीलाई दुःखी बनाएको छ। पार्टीका नेतृत्ववर्ग जिरी घुमेर फर्किएको खबर पाइन्छ तर हाम्रो  विद्यालयमा पाइला टेक्नु हुन्न।” उनीहरूले गुनासो गरे। यसले हामीलाई मर्माहत तुल्यायो। हाम्रा सबै गतिविधिहरू हाम्रा यी सन्ततीहरुले राम्रोसङ्ग निगरानी गरिरहेका छन भन्ने कुराको यो एक उदाहरण थियो।

अप्रर्याप्त भौतिक पुर्वाधारको वाबजुद पनि विद्यालयले विहान पाँच बजेदेखि साँझ नौ बजेसम्मको समय तालिका बनाई विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधि संञ्चालन गरिरहेको रहेछ। सरकारी विद्यालय भन्दा धेरै फरक बनाउन नसकेतापनि अंग्रेजी तथा अन्य विषयहरू भाषा, सङ्गीत र खेलको क्षेत्रमा अध्ययन अध्यापन गराउने लक्ष्य विद्यालयले बनाएको रहेछ। प्रत्येक शनिबार श्रमकार्य र यात्रामा विद्यार्थीलाई सहभागी गराइने रहेछ।  विद्यालयको व्यवस्थापन हेर्नुहुने अभिभावक र शिक्षकहरुले हामीलाई यी विषयहरू जानकारी गराए। विद्यालयमा किताबको अभाव रहेछ। किताब बिना विद्यार्थी पढाउनु परेको र यो सन्देश हामीमार्फत सहिद प्रतिष्ठानसम्म पुगोस भन्ने उनीहरूको अनुरोध थियो। हामीलाई लाग्यो यो कामको केही न केही जिम्मा हामीले पनि बोक्नु पदथ्र्यो।

हाम्रो टिमको तर्फबाट अध्यक्ष लेखनाथ न्यौपानेले विद्यालयको प्रगति र विकास तथा भाईबहिनीहरूको सुन्दर भविष्यको लागी हामीसङ्गै रहने छौं, तर सहिदको सपना पुरा गर्न बांकी छ। त्यसकारण पार्टीले यी क्षेत्रमा समय र साधन प्रयोग गर्न नसकेको हो भन्ने भनाईसहित विद्यार्थीको तर्फबाट विद्यालयको विकासका लागिपर्ने बचन दिए। सहिद प्रतिष्ठानको तर्फबाट विद्यालय स्थापना गर्ने कामको आधार सहिदका सन्ततीहरूको काठमाडौं केन्द्रीत बाच्न र पढ्न देउ आन्दोलन रहेको र त्यसको नेतृत्व अखिल(क्रान्तिकारी) ले गरेको कुरा पनि अध्यक्ष लेखनाथ न्यौपानेले स्मरण गरे। कार्यक्रमको अन्त्यमा विद्यालयको चौरमा सहिदका सन्ततीहरूसङ्ग फोटोशेषन गरी विदाईका हात हल्लायौं।

अन्तमा,

सहिद स्मृति विद्यालय आफैमा एउटा आस्था र गौरवको सुन्दर धरोहर हो। जहाँ क्रान्तिका रक्तबिजहरु हुर्कीरहेका छन। तीनका हरेक उदाउँदा रहरहरुमा सहिदका सपना फक्रिरहेका छन। हाम्रा यी विद्यालय ती सपनालाई फुलाउने फलाउने बगैचा बन्नैपर्दछ। भौतिक रुपमा दुरदराजमा भएकोले खाना, नाना र उपचारको लागि अप्ठ्यारो तथा बालबालिकाको सामाजीकिकरणको लागि यसका कठीनाई रहेछन । यसको उचित समायोजनको योजना बनाउन नितान्त जरुरी देखिन्छ। विद्यालयको जीवन विद्यार्थीको सहभागीतामा भर पर्दछ, तर आजका लक्षीत बालबालीका हुर्किदै गएपछि यी संस्थाको नियमित जीवन कस्तो हुन्छ र यी बालबालिकाको उच्च शिक्षा कसरी प्रदान गरिने हो? सोच्न जरुरी छ। त्यसको लागि निजि शैक्षिक संस्था चार्हान छोडेर क्रान्तिकारीहरुका श्रम र सिप यता खर्च गर्दा वेश होला कि?

विद्यालयको नामः शहिद स्मृति आवासीय विद्यालय, जिरी – ८ दोलखा

स्थापनाः २०६६ बैसाख १६ गते

कक्षा सञ्चालनः कक्षा १ देखि ६ सम्म

विद्यार्थी संख्याः ८५ जना सहिदका छोराछोरी

शिक्षक संख्याः ७ जना

कर्मचारीः ४ जना

भवनः आवाशीय सहितको विद्यालय भवन ३ वटा भाडामा                                                            २०६७ जेठ २

अखिल(क्रान्तिकारी) को ताम्सालीङको प्रकाशनमा प्रकाशित

Comment